दफा १७
हुलाक वस्तुहरु हुलाकबाट पठाउने सम्बन्धमा नियमहरु बनाउने अधिकार
(१) हुलाक वस्तुहरु हुलाकबाट पठाउने वा डेलिभरी गर्ने सम्बन्धमा नेपाल सरकारले नियमहरु
बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ ः-
(क) हुलाकबाट पठाउन नहुने वस्तुहरु,
(ख) हुलाकबाट वस्तुहरु पठाउन सकिने अवस्था,
(ग) यो ऐन वर्खिलाप हुलाकबाट पठाइएका वस्तुहरु रोक्का गरी राख्ने त्यस्तो कारबाही टुंगो लगाउने,
(घ) हुलाक वस्तुहरु पोष्टिङ वा डेलिभरी गर्दा भरपाई वा निस्सा लिने दिने र त्यसको भरपाई वा निस्सा वापत लाग्ने थप दस्तुर,
(ङ) हुलाक वस्तुहरुको खाम तथा खोल, त्यसको ढाँचा, नाप, अधिकतम तौल र खामिने वस्तुहरु नियमित गर्ने र ती हुलाक वस्तुहरुको प्रयोग नियमित गर्ने,
(च) हुलाक मञ्जूषा (पोष्टबक्स) को व्यवस्था गर्ने र सो प्रयोग गरे वापत लाग्ने दस्तुर तोक्ने,
(छ) बन्द थैला (पोष्ट व्याग) को सहुलियत प्रदान गर्ने र सो बापतको दस्तुर तोक्ने,
(ज) आन्तरिक तथा वैदेशिक द्रूत डाँक सेवा सञ्चालन गर्ने ।
(३) हुलाक वस्तुहरु पोष्टिङ्ग गर्ने समय र तरिका महानिर्देशकले समय समयमा आदेशद्वारा तोकिदिए बमोजिम हुनेछ ।